काठमाडौं । गृह मन्त्रालयको कर्मचारी बताउँदै प्रहरीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पाल्पाको नैनादेवी गाउँपालिका ७ का ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई पक्राउ गरेको हो ।
उनी हाल काठमाडौँ महानगरपालिका १ नक्साल बस्दै आएका थिए । उनले गृहमन्त्रालयको कर्मचारी बताउँदै विभिन्न प्रहरी कार्यालयमा टेलिफोन गरेको र धम्की दिएको भन्दै प्रहरीले गृहमन्त्रालयमा सोधपुछ गरेको थियो ।
गृह मन्त्रालयले उनी मन्त्रालयको कर्मचारी नभएको बताउँदै पक्राउ गरी कारबाही गर्न प्रहरीलाई आदेश दिएको थियो । नक्सालबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।








प्रतिक्रिया