१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुनाकोठी बस्ने सुर्य नारायण श्रेष्ठसहित दुई जना बैंकिङ कसुरमा पक्राउ



ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका–३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका–२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्य नारायणलाई ललितपुर महानगरपालिका–२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका–२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।