२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


युके पठाउने भन्दै ११ करोड ठगीः काठमाडौंबाट दुई जना पक्राउ



काठमाडौं । युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा घर भई काठमाडौंको नरेफाँट बस्ने ४७ वर्षीय अरूणराज शर्मा छन्। कार्यालय प्रवक्ता एवं एसपी काजीकुमार आचार्यका अनुसार अहिलेसम्म ३८ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ रकम ठगेको आरोप छ।

वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंले उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन भनेपछि कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयले उनीहरूलाई सोमबार नै विभागमा बुझाइसकेको छ। उनीहरूले वैदेशिक रोजगारका लागि पठाउने भन्दै ठगेको आरोप लागेको हो।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।