काठमाडौं । काठमाडौँको धोबीखोलामा बाढी उर्लिएकाले कपन र चाबाहिललगायत नदी तटीय क्षेत्रमा बुधबार बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
मंगलबार राति ८:४० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘काठमाडौँ उपत्यकाको धोबीखोला कपन र धोबीखोला चाहबिल जलमापन केन्द्रमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाइराखौँ।’
हेर्नुहोस् सूचना-









प्रतिक्रिया