२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डि.एस.पि. हुँ भनि ठगी गर्ने व्यक्तिहरू काठमाडौंबाट पक्राउ



काठमाडौं । नेपाल प्रहरीको डि.एस.पि.रहेकोबताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनि रु. ६,००,०००।- (अक्षरेपि छ लाख रुपैयाँ) ठगी गरेको भनि प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भई रहेको।

ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङमिति २०७०।११।२० गते हात हतियार खरखजानासम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेको, मिति २०७०।०१।१६ गते काठमाडौं जिल्ला, जिल्ला प्रहरी परिसर टेकु,काठमाडौंबाट केही सार्वजनिक अपराध कसुरमा र मिति २०६७।०७।०४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको।

पक्राउ प्रतिवादीहरू
१. जिल्ला काभ्रेपलान्चोक, चौरी देउराली ८ बस्ने वर्ष ४५ को ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ
२. जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका ४ पाचघरे घर भइकलंकी बस्ने वर्ष ४२ को रेवती ओझा

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।