काठमाडौं । दुबईबाट काठमाडौं आइरहेको फ्लाई दुबईको जहाज ओभरशूट गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबईको उडान नं एफडिबी ११३३ मा रहेको बोईङ ७३७ म्याक्स ८ जहाजले अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको हो ।
आकाशमा चार फन्को मारेको जहाज अटोपाइलट मोडबाट बागमति खोला किनारा हुँदै काठमाडौंमा अवतरण गर्दै थियो ।
धावनमार्गमा आईपुग्न लाग्दा जहाजको सन्तुलन नमिलेपछि ओभरशूट गर्नु परेको बताइएको छ ।
प्रतिक्रिया