काठमाडौँ
नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा प्रर्दशन सुरु भएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र प्रर्दशन सुरु भएको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
निर्माता श्रेष्ठका अनुसार अहिलेको प्रविधिमैत्री समयमा चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नु आफैँमा ठूलो उपलब्धि रहेको बताउदै प्रदर्शकसँग सल्लाह गरेर ९३औँ दिनदेखि चलचित्रलाई सय रुपैयाँमै हेर्न पाउने व्यवस्था गरिएको हो । नेपाली फुटबल र खेलाडीसँग जोडिएको विषयमा बनेको चलचित्र यति सस्तोमा हेर्न पाइने भएपछि खुसी लागेको बताउदै उनले आगामी दिनमा अन्य खेलाडीको विषयमा चलचित्र बनाउन चलचित्र निर्माता तथा निर्देशकलाई प्रेरणा मिलेको बताएका छन् ।
निर्माता श्रेष्ठले सामाखुसीस्थित सिटीस्क्वायर मलमा रहेको क्युएफएक्स चलचित्र भवनमा सय रुपैयाँमै ‘अञ्जिला’ हेर्न पाइने बताए । कप्तान सुब्बाको जीवनीमा आधारित सो चलचित्रमा मिलन चाम्सले निर्देशन गरेका हुन् । यसैगरी, कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।
“चलचित्र सफल भइसकेको छ, तर पनि प्रेरणादायी चलचित्र हेर्न चाहनेका लागि यो ‘अफर’ ल्याइएको हो । यसले हाम्रो सय दिन पूरा हुने उत्सव मनाएको आभाष गराउँछ”, निर्माता श्रेष्ठले भने ।
गत वर्ष फागुन २९ मा प्रदर्शन सुरु भएको चलचित्र ‘अञ्जिला’ ले घरेलु ‘बक्सअफिस’मा रु। १० करोडको व्यापार ९ग्रस कलेक्सन० गरेको वितरक श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया