नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ
काठमाडौं
चलचित्र ‘ऊनको स्वीटर’का सबै गीत किर्तिमानी करोड क्लवमा प्रवेश गरेका छन् ।
चलचित्र प्रदर्शनको ३७ औँ दिन आज तीनवटै गीत एक करोडभन्दा धेरै पटक हेरिएसँगै चलचित्रको म्युजिक एल्वम नै सुपरहिट सावित भएका छन् ।
भर्खरै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतमा पनि १ करोड दर्शकको आँखा परेको छ ।
कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो । पछिल्लो समय ‘फूलहरू मुस्काउँछन्ु’ २ करोड १० लाख ९२१ मिलियन० भ्यूज,‘मखमली’ १ करोड ३० लाख ९१३ मिलियन० भ्यूज, ‘काफ्ले’ १ करोड ३० लाख ९१३ मिलियन० भ्यूज र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड ९१० मिलियन० भ्यूज प्राप्त गरेका छन् ।
यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । ‘नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ’,आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।
चलचित्र‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भइसकेको छ ।
यो चलचित्र हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया