१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंसहित ३७ जिल्लामा बाढीको जोखिम, ललितपुरलगायत १४ वटाका लागि ‘एल्लो वारेन्ट’



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार १, आइतबार) कुन-कुन जिल्लामा बाढीको जोखिम छ भन्ने विषयमा अध्ययन गरी जानकारी दिएको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित ३७ जिल्लामा बाढीको जोखिम छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ : आज इलाम, झापा, मोरङ, सुनसरी, धनुषा, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, तेह्रथुम, ओखलढुंगा, मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहु, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चननपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यसमा पनि ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचमा ललितपुर, भक्तपुर, काभ्रे, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, कैलाली र कञ्चननपुर छन्।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (मंगलबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको जानकारी दिएको छ।

बाढीबारे विस्तृत जानकारी तल:

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।