१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठगी आरोपमा काठमाडौंबाट २ जना पक्राउ



काठमाडौं । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–५ का २६ वर्षीय दिपेन्द्र गुरुङ र सर्लाहीको बरहथवा नगरपालिका–१ की ३४ वर्षीया रुपी मायाँ रहेका छन्।

दिपेन्द्र गुरुङले बुसनिया पठाइदिने भन्दै ६ जनाबाट ७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। यस्तै, रुपी मायाँले मलेशिया पठाइदिने भनी ६ जनाबाट ५ लाख ५७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ।

रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।