३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चर्चित कथा वाचक साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक



 

काठमाडौं

चर्चित कथा वाचक साईग्रेस पोखरेलले नयाँ पुस्तक ‘साईग्रेसस् द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् ।
उनको पुस्तक विमोचनसंयुक्त राज्य अमेरिकाको कोलोराडोमा सम्पन्न भएको हो ।

पुस्तकमा आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर तयार गरिएको छ ।

पुस्तक विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्ती एवं लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

‘साईग्रेसस् द स्टोरीटेलर’ पुस्तकले कथा वाचनको विश्वव्यापी इतिहासका साथै साईग्रेसका विश्वभरका प्रस्तुतिहरूका अविस्मरणीय क्षणहरूलाई प्रस्तुत गरेको छ ।

उनको बहुचर्चित अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ हो, जुन युट्युबमा हालसम्म ६६ लाख पटक हेरिएको छ ।

उनले पुस्तकमा साईग्रेसले आफ्नो कथा वाचन यात्राका व्यक्तिगत अनुभव र आत्म निरीक्षणहरूलाई पनि समेटेका छन् ।

यो प्रकाशनमार्फत साईग्रेसले आफ्नो कथा वाचकको रूपमा भएको व्यक्तिगत विकासलाई मात्र झल्काएका छैनन्, बरु जीवनलाई स्पर्श गर्ने र परिवर्तनलाई प्रेरित गर्ने कथा वाचनको परिवर्तनकारी शक्तिलाई पनि जोड दिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।