काठमाडौं । भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमन्त्री रमेश लेखकले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेका हुन् ।
गृह मन्त्रालयमा रहेका सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ । अर्घाखाँचीमा रहेका वेदप्रसाद खरेललाई गृह मन्त्रालयको जगेडामा तानिएको छ ।








प्रतिक्रिया