फेस्टिभलमा ईसेवासगको सहकार्यमा यस वर्ष राखिएको पिपुल च्वाईस अवार्डमा ६ हजार ७ सय ७७ भोट सहित अमित रावलको तस्बिरले जितेको छ
नेपालगन्ज
चौथो नेपालगन्ज फोटो फेस्टिभल उत्कृष्ट ठहरिएका विजेताहरूलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।
दुई दिन सम्म चलेको फेस्टिभलका विजेताहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए । फोटो प्रतियोगिताका फोटो पत्रकार अर्यान धिमालले खिचेको वर्ष उत्कृष्ट तस्बिरले नगद ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएका छन् ।
फेस्टिभलमा ईसेवासगको सहकार्यमा यस वर्ष राखिएको पिपुल च्वाईस अवार्डमा ६ हजार ७ सय ७७ भोट सहित अमित रावलको तस्बिरले जितेको छ । उनले नगद रु ५० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।
समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगरले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिभलले थप सहयोग गरेको बताउँदै उनले वास्तविक सन्देश दिने तर्क गरेकी छिन् ।
फोटो फेस्टिभलले नेपालगन्ज र लुम्बिनी प्रदेशलाई चिनाउन सहयोग पुग्ने हुँदा यस प्रकारको कार्यक्रम आफ्नो सहयोग सधैँ रहने आश्वासन दिएकी छिन् ।
पिपुल च्वाईस अवार्डका विजेता अमित रावलले जितबाट थप उत्साहित भएको र आफूले पुरस्कार बापत पाएको रकम माध्ये रु १० हजार कोहलपुरका निवासी दुवै मृगौला फेल भई पीडित भएका फिरोज बक्सको उपचारमा सहयोगार्थ दिने घोषणा गरेका छन् ।
आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितिका बाबजुद पनि फेस्टिभललाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लग्ने बताए । उनले फोटो प्रतियोगिता र फेस्टिभल सम्पन्न गर्ने सघाउने सबै सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत सहकार्यको समेत अपेक्षा गरेको बताएका छन् ।
फेस्टिभलमा फोटो प्रतियोगिताबाट छानिएका ९ विधाका १ सय ११ फोटोहरू होटेल सिटी प्यालेसको हलमा प्रदर्शनीमा राखिएको थियो । दुई दिन सम्म चलेको फेस्टिभलमा विद्यार्थीहरू, नागरिक समाज, उद्योगी व्यापारी, सर्बसाधरण लगायत समाजका विभिन्न क्षेत्रमा रहेका ब्यत्तित्वहरु उल्लेखिनिय रूपमा प्रदर्शनी अवलोकन गरेका थिए ।
नेशनल फोटो कन्टेष्ट नेपालमा डेली लाइफ,कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा करिब २ हजार १ सय फोटोहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया