३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंसहित तीन स्थानमा उद्दार तथा राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा



काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं,पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको बताए।

‘आवश्यकता अनुसार हेलिकोप्टर एसोसियसनसित पनि हेलिकोप्टर तयारी अवस्थामा राख्ने विषयमा समन्वय भएको छ,’गृहमन्त्री लेखकले भने,’सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ। उनले प्रदेश सरकार,स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिए।

विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताए । ‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं,’लेखकले भने,’जुनसुकैबेला जेसुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातैवटै प्रदेशमा रहेको आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए।

‘जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ,’मन्त्री लेखकले भने,’ राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ ।’ प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षत्रेसित पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाइ छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।