२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको छम्पीको गाई फाममा युवती झुन्डिएको अवस्थामा फेला



काठमाडौं

ललितपुरको छम्पीको गाई फाममा युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाइफर्मममा उनी मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएकोे छ । उनी आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् ।

गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।