१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा महिला बेपत्ता, खोजी गर्न काठमाडौंबाट कुकुर लगियो



काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ भसिबुमा बाढीले गोठ बगाउँदा एक महिला बेपत्ता भएकी छन्। सुतिरहेको अवस्थामा आएको बाढीले ३२ वर्षीया कमला बलामीलाई बगाएपछि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

बिमचना खोलामा आएको अचानकको बाढीले उनी सुतेकै ठाउँबाट बेपत्ता भएकी हुन् भने उनका श्रीमान् अशोक बलामी घाइते अवस्थामा भेटिएका छन्। घाइते बलामीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल, बलम्बुस्थित प्रधान कार्यालयको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट दुई वटा कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार बाढीको तीव्र बहाव, पहाडी भेग र झाडीयुक्त क्षेत्रका कारण खोजी कार्य जटिल भए पनि कुकुरको सहयोगमा खोजी कार्यलाई तीव्रता दिइएको हो।

सुरक्षाकर्मी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको सहयोगमा सावधानीका साथ खोजी कार्य जारी रहेको छ। प्रहरी स्रोतका अनुसार खोलाको बहाव कम भएपछि खोजी कार्यमा थप सहजता हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।