५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वरमा युवक मृत फेला, डेराबाट सिरिन्ज बरामद



काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित डेरामा एक युवक मृत फेला परेका छन्। धादिङ घर भई हाल गोकर्णेश्वरमा बसोबास गर्दै आएका ३५ वर्षीय रमेश आचार्य आइतबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपील बोहराका अनुसार आचार्यको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। प्रहरीका अनुसार आचार्य बस्दै आएको डेराबाट सिरिन्ज समेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता हुनसक्ने आकलन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।