५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ। वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ।

निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएका र अहिले स्वास्थ्य सुधार भइरहेको बताए।

मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।