२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बबरमहल र शान्तिनगरमा आकाशे पुल निर्माण सुरु



काठमाडौं । काठमाडौंको सवारी चाप बढी हुने क्षेत्रमा पर्ने बबरमहल र शान्तिनगर क्षेत्रमा पैदल यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न आकाशे पुल निर्माणको काम अघि बढाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्ला अदालत अगाडिको व्यस्त बबरमहल क्षेत्र र शान्तिनगरस्थित मीनभवन क्षेत्रमा आकाशे पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्दै काम अघि बढाएको हो।

मन्त्रालयका अनुसार रणनीतिक सडक पुल निर्माण कार्यक्रमअन्तर्गत बबरमहलमा निर्माण हुने आकाशे पुलका लागि २ करोड ५० लाख रुपैयाँ र मीनभवनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।

जोखिम हटाउन पहल

हाल बबरमहल र मीनभवन दुबै क्षेत्रमा दैनिक सयौं पैदल यात्रीहरू सवारी चापबीच जोखिम मोलेर सडक पार गर्न बाध्य छन्। ट्राफिक अवरोध र दुर्घटनाको जोखिम हटाउन आकाशे पुल निर्माण अत्यावश्यक देखिएको थियो।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।