५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बेलायत पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने ललितपुरका प्रभाष रिसाल पक्राउ



ललितपुर । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२५ निवासी ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार रिसालले बेरोजगार युवायुवतीहरूलाई बेलायत रोजगारीको प्रलोभन देखाउँदै एक करोड २० लाख ४४ हजार रुपैयाँ असुलेका थिए। ठगीपछि उनी सम्पर्कविहीन भएका थिए।
पीडितहरूका उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।