५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा ललितपुरका गुञ्जन राई पक्राउ



काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केही बेरअघि पक्राउ गरेको हो ।

ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए ।

गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।

एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।