७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोविघाटमा इभी कारको ठक्करबाट दुई महिला गम्भीर घाइते, चालक फरार



ललितपुर । ललितपुरको धोविघाटस्थित सनराइज कोलनीभित्र इभी कारको ठक्करबाट दुई महिला गम्भीर घाइते भएका छन्। बर्दिया घर भई हाल ललितपुरमा बसोबास गर्दै आएकी उषा भुजेल र ललितपुर महानगरपालिका–३ निवासी पुनम शाह गम्भीर घाइते भएको ललितपुर प्रहरी कार्यालयले जनाएको छ।

उषा भुजेलको पाटन अस्पतालमा र पुनम शाहको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश ०१–०२५ प ७२९६ नम्बरको इलेक्ट्रिक कारले ठक्कर दिएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार सो कारका धनी तथा चालक सरार्जन केसी फरार छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।