मेलम्चीबाट कुन्ताबेशी सडकमा टिपरको ठक्करपछि मोटरसाइकल चालकको निधन भएको छ ।
प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका ६ तिनकुनेस्थित सडकमा मेलम्चीबाट कुन्ताबेशीतर्फ आउँदै गरेको बा.५४ प २६५४ नम्बरको मोटरसाइकल बा।४ ख ७५४७ नम्बरको टिपरमा ठक्कर खाई शुक्रबार राति दुर्घटना भएको थियो ।
दुर्घटनाका क्रममा मोटरसाइकल चालक मण्डनदेउपुर नगरपालिका ९ बस्ने २८ वर्षीय बिनोद रम्तेलको घटनास्थलमै निधन भएको छ ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया