काठमाडौं । काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित एक होटलबाट प्रहरीले लागुऔषध कोकिनसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार, आइतबार भगवती इन होटलको तेस्रो तलाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका घर भई काठमाडौंमा बसोबास गर्ने २९ वर्षीय दिनेश चालिसे, नवलपरासी घर भएका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट,सिन्धुपाल्चोक स्थायी घर भई बौद्ध बस्दै आएकी २४ वर्षीया आयुषा श्रेष्ठ, सप्तरी घर भएका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारी रहेका छन्।
उनीहरूको साथबाट ६५.९३ ग्राम कोकिनजस्तो देखिने लागूऔषध पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी कसूरमा १० दिनको म्याद लिई प्रहरी वृत्त मालिगाउँबाट अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया