२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा वर्षा, काभ्रे र भक्तपुरका खोलामा सतर्कता अपनाउन आग्रह



काठमाडौं । आइतबार राति काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भइरहेको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लामा पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन भएको भन्दै ससाना खोलामा बहाव बढ्न सक्ने चेतावनी जारी गरेको छ।

महाशाखाले राति ९ बजे जारी गरेको सूचना अनुसार,“काभ्रेपलाञ्चोक जिल्लास्थित नाला वर्षा मापन केन्द्र र भक्तपुर जिल्लास्थित नगरकोट वर्षा मापन केन्द्रमा पछिल्लो १ घण्टामा मध्यम वर्षा मापन भएकाले ती क्षेत्र हुँदै वहने ससाना खोलामा बहाव बढ्न सक्ने देखिएको छ। तसर्थ, स्थानीयवासी र सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्छ।”

हाल काठमाडौँ उपत्यका, ललितपुर, भक्तपुर र आसपासका क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले पहिरो सम्भावित क्षेत्र, नदीनाला किनारका बस्ती र यात्रुहरूलाई विशेष ध्यान दिन मौसमविद्‌हरूले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी महाशाखाले बाढीसम्बन्धी पूर्वानुमान अद्यावधिक गर्दै सतर्कता सूचनाहरू जारी गरिरहेको छ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।