काठमाडौं । धान रोपाइँको मुख्य समय मानिने असार महिना सकिनै लाग्दा पनि बागमती प्रदेशमा जम्मा २०.५१ प्रतिशत जग्गामा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। वर्षा ढिलो हुँदा करिब ८० प्रतिशत खेतीयोग्य जमिन अझै बाँझो रहन पुगेको हो।
बागमती प्रदेश कृषि निर्देशनालयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार, कुल ५ लाख ३४ हजार ८७१.६० हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख २० हजार ६१०.२५ हेक्टरमा मात्र धान रोपाइँ हुने गर्दछ। तर हालसम्म जम्मा २४ हजार ७४२.७८ हेक्टरमा मात्र रोपाइँ भएको छ।
जिल्लागत विवरण: भक्तपुर र दोलखा अगाडि, धादिङ सबैभन्दा पछि प्रदेशभरि सबैभन्दा धेरै रोपाइँ भक्तपुर र दोलखामा भएको छ जहाँ करिब ६५ प्रतिशत जग्गामा धान रोपिएको छ।
सबैभन्दा कम धादिङमा ५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत रोपाइँ विवरण यस प्रकार छ:
काठमाडौँ: २१,२०० हेक्टरमध्ये ५,९२६ हेक्टर (करीब २८%)
ललितपुर: १५,२९६ हेक्टरमध्ये ४,१६३ हेक्टर (५५%)
भक्तपुर: ८,०७७ हेक्टरमध्ये २,६९९ हेक्टर (६५%)
चितवन: ४८,६९४ हेक्टरमध्ये २७,२०७.२५ हेक्टर (८.८%)
मकवानपुर: ४१,३३८ हेक्टरमध्ये ७,०६७ हेक्टर (७.९९%)
नुवाकोट: ३२,७३५ हेक्टरमध्ये १६,४९८ हेक्टर (१८.२१%)
रसुवा: १३,७७८.६ हेक्टरमध्ये २,७८१ हेक्टर (२८.८३%)
धादिङ: ४८,१३६ हेक्टरमध्ये ११,१५९ हेक्टर (५%)
सिन्धुली: ६२,७१३ हेक्टरमध्ये १३,४४५ हेक्टर (९.६६%)
रामेछाप: ५०,९०८ हेक्टरमध्ये ७,८५९ हेक्टर (२२%)
दोलखा: ५६,६८३ हेक्टरमध्ये २८१४ हेक्टर (६५%)
काभ्रेपलाञ्चोक: ६१,५९४ हेक्टरमध्ये १०,२१० हेक्टर (करीब १६.५%)
सिन्धुपाल्चोक: ७३,७१० हेक्टरमध्ये ८,७८२ हेक्टर (२७.०८%)
वर्षा ढिलाइ र वैकल्पिक सिँचाइको प्रयास
धान रोपाइँको समय खेर जाँदा कृषकहरू चिन्तित छन्। असार दोस्रो सातापछि पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढिलाइ भएको हो। धेरै किसानहरूले वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरिरहेका छन्। सूचना अधिकारी दाहालका अनुसार, यथासमयमा वर्षा नपरेकाले उत्पादनमा समेत असर पर्ने प्रक्षेपण गरिएको छ।








प्रतिक्रिया