५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साउनमा पशुपतिनाथ दर्शनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन हुने



काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा हुने भक्तजनको अत्यधिक भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार साउनको सोमबार र शनिबार विशेषतः ठूलो संख्यामा भक्तजन आउने भएकाले त्यसका लागि सुव्यवस्थित व्यवस्थापन गरिनेछ। कोष सञ्चालक परिषद्का सदस्यहरूलाई समेत अनुगमनमा खटाइने तयारी छ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) सँगको अन्तरक्रियामा जोशीले साउनदेखि पशुपति क्षेत्रमा समाचार संकलन गर्न पत्रकारहरूलाई सहज बनाउन ‘मिडिया सेन्टर’ स्थापना गरिने जानकारी पनि दिए।

उनका अनुसार बाला चतुर्दशी, हरितालिका तीज, अक्षया तृतीया, महाशिवरात्रि, नयाँ वर्ष लगायतका विशेष दिनमा पनि लाखौं भक्तजन दर्शनमा आउने भएकाले व्यवस्थापनलाई अझ प्रभावकारी बनाइनेछ।

जोशीले कोषको कर्मचारी नियमावली छिटो ल्याउन पहल भइरहेको जनाए। हाल सो प्रक्रिया अर्थ मन्त्रालयमा पुगेको जानकारी दिँदै केही महिनाभित्रै कर्मचारी बढुवाका लागि विज्ञापन खुलाउने तयारी रहेको बताए। साथै, पशुपति क्षेत्र विकास कोष ऐन संशोधनका लागि पनि पहल गरिने प्रतिबद्धता जनाए।

सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै नागरिक एपमार्फत सेवा दिन कोषले तयारी गरिरहेको उनले जानकारी गराए।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।