२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महिलाको चरित्र हत्या गरेको अभियोगमा नयाँ बानेश्वर मिलन चोकबाट रमेश बाग पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एक महिलाको चरित्र हत्या हुनेगरी आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा डोटीका ३१ वर्षीय रमेश बाग पक्राउ परेका छन्। आइतबार साँझ उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित मिलन चोकबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो।

साइबर ब्युरोका एक अधिकृतका अनुसार बागले एक महिलाको अश्लील फोटो बनाइ फेसबुकमा सार्वजनिक गरेका थिए। त्यसबारे उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

प्रहरीले विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ। हाल आरोपी साइबर ब्युरोको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।