६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा सकुशल उद्धार



काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका दुवै जना नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रेणीघाट नजिक दाउरा संकलन गर्न गएका थिए। बाढी आएपछि उनीहरू सिसौको रूखको सहारामा नदीको बीच भागमा अड्किएका थिए। बाढीमा फसेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाली सेना तत्कालै सक्रिय भएको थियो।

उद्धार कार्यमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो। स्थानीयवासीको सूचनापछि उद्धारका लागि हेलिकप्टर मगाइएको थियो।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ११ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।