काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँ बस्तीमा अवस्थित एक डेरा कोठाबाट १ करोड ४४ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा प्रहरीले उक्त कोठामा आर्थिक कारोबार भइरहेको आशंकामा छापा मारेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले मिति २०८२ असार २३ गते राति करिब १० बजे उक्त डेरामा खोजतलास गरेको हो।
खोजतलासका क्रममा प्रहरीले काठमाडौँको स्वयम्भूमा बसोबास गर्दै आएका ४० वर्षीय चिनियाँ नागरिक WANG JIAN (पासपोर्ट नं. EG2216171) लाई १ करोड ४४ लाख रुपैयाँ नगदसहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले उक्त रकमको श्रोत खुलाउन सकेका छैनन्। श्रोत नखुलेको ठूलो रकम राखेर गरिएको आर्थिक कारोबारको आशंकामा हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।








प्रतिक्रिया