१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पहिरोले अवरुद्ध भएको कान्तिलोकपथ सञ्चालनमा



हेटौँडा । आज बिहान गङ्गटेस्थित ठिंगन–वगुवा सडक खण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको हो।

लगातारको वर्षाले पहिरोको जोखिम बढिरहेका बेला प्रहरी प्रशासन र सरोकारवाला निकायले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बाटो खुलाउने काम अघि बढाएको थियो।

प्रशासनले आगामी दिनमा यात्रुहरूलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।