७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरमा सात महिनापछि कार्यपालिका बैठक आह्वान



काठमाडौं। लामो समयदेखि अलपत्र रहेको बजेट प्रक्रियामा गति ल्याउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्।

कार्यपालिका बैठकअघि बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सञ्चालन हुनेछ। यी प्रक्रिया पूरा भएपछि दिउँसो कार्यपालिका बैठक बस्नेछ।

बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेस गर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।

गत वर्ष पनि बजेट प्रक्रियामा देखिएको ढिलाइका कारण महानगरले समयमै बजेट पारित गर्न सकेन। यसपटक त्यस्तो समस्या दोहोरिन नदिन मेयर बालेन सक्रिय भएर कार्यपालिका बैठक आह्वान गरेको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।