२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको रामकोटमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटस्थित रत्न राज्य स्कुल नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बा.६५ प ६१६२ नम्बरको मोटरसाइकलमा सवार ३५ वर्षीय कृष्ण थापालाई बा.प्र.०१–०२६ च २६०५ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते थापाको बिएन्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

मृतक थापा रामकोटकै स्थायी बासिन्दा हुन्। दुर्घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।