काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ टुँडालदेवी क्षेत्रमा मापदण्ड विपरित सञ्चालनमा रहेको कवाडी व्यवसाय हटाइएको छ। पटकपटक जानकारी दिँदा समेत अटेर गरेपछि महानगरपालिकाले सोमबार महानगर प्रहरीको सहयोगमा जबरजस्ती हटाउने कार्य गरेको हो।
महानगरका अनुसार उक्त कवाडी व्यवसाय सार्वजनिक स्वास्थ्य, वातावरणीय सरसफाइ र स्थानीय बासिन्दाको सहज आवागमनमा अवरोध पुर्याउने गरी सञ्चालनमा आएको थियो। त्यसविरुद्ध महानगरले पटकपटक सूचना दिँदै व्यवसाय हटाउन आग्रह गरेको थियो। तर, व्यवसायीले वेवास्ता गरेपछि अन्ततः काठमाडौँ महानगर प्रहरी बलको टोली परिचालन गरी संरचना हटाइएको हो।








प्रतिक्रिया