२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा नेपालमै पहिलोपटक घाँटीमार्फत मस्तिष्क पक्षघातको सफल उपचार



ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पाटन अस्पतालमा नेपालमै पहिलोपटक घाँटीमार्फत तार छिराएर मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) को सफल उपचार गरिएको छ।

पाटन अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार केही दिनअघि एक पुरुष बिरामीको न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिएको हो। यो प्रविधिमा घाँटीबाट सूक्ष्म तार छिराएर मस्तिष्कसम्म पुर्‍याइन्छ र रक्तसञ्चार अवरुद्ध भएको भागलाई पुनः सक्रिय गरिन्छ।

“नेपालमा यो पहिलोपटक गरिएको उपचार हो,” डा. पौडेलले भने, “यस प्रविधिले टाउको चिर्नु नपर्ने भएकाले बिरामीलाई कम पीडा हुन्छ र अस्पताल बसाइँसमेत छोटो हुन्छ।”

उनका अनुसार घाँटीमार्फत तार छिराएर गरिने उपचारले उपचार खर्च पनि कम हुने र रिकभरी छिटो हुने फाइदा हुने देखिएको छ। पाटन अस्पतालको यो उपलब्धिलाई नेपालमा मस्तिष्क पक्षघात उपचारको क्षेत्रमा एक महत्वपूर्ण फड्कोका रूपमा हेरिएको छ। डा. पौडेलले आगामी दिनमा यो प्रविधिलाई थप व्यवस्थित र नियमित रूपमा उपयोग गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।