५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सस्तोमा सुन दिने प्रलोभनमा ३२ लाख ठगी गर्ने तीनजना पक्राउ



काठमाडौं । सस्तोमा सुन दिने भन्दै नक्कली सुन देखाएर ३२ लाख रुपैयाँ ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ताप्लेजुङको फाकुम्बा गाउँपालिका–६ घर भइ हाल ललितपुर सातदोबाटो बस्ने ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछापको शैलुङ्ग–८ दोरम्बा घर भएका ३६ वर्षीय विजय तामाङ र ताप्लेजुङ मिरिङदुयान गाउँपालिका–२ का ४४ वर्षीय विरेन लिम्बु रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्कालाई असली सुन भन्दै सस्तोमा दिने प्रलोभन देखाएर २०८१ मंसिर ८ गते ललितपुरको खोकनामा बस्ने ४४ वर्षीय आशारत्न डंगोलसँग २५ लाख रुपैयाँ र २०८२ असार १८ गते भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ३० वर्षीय रामचन्द्र गहतराजसँग ७ लाख रुपैयाँ ठगी गरेका थिए।

उनीहरूलाई गत असार ३० गते काठमाडौंको टोखा नगरपालिका–५ श्रीटोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले धातुको ढिक्का, पहेंलो रंगको चारपाटा ढिक्का, फलामको ह्याम्बर, आधा भाँचिएको चक्कु, ६ थान मोबाइल र १ थान स्कुटर बरामद गरेको छ।

प्रहरीले नक्कली सुन देखाएर ठगी गर्ने गिरोहबिरुद्ध थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।