३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलको ऐतिहासिक गाः हिटी पुनःनिर्माण सुरु, ‘ठबही’ पुनःस्थापनाको माग पनि चुलियो



काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदाको खोजी र पुनःनिर्माण अभियानलाई तीव्रता दिँदै आएको छ। सोही अभियान अन्तर्गत काठमाडौं–२६ मा अवस्थित ऐतिहासिक गाः हिटी को पुनःनिर्माण कार्य सुरु गरिएको छ।

जीर्ण अवस्थामा पुगेको गाः हिटीको पुनःनिर्माणका लागि महानगरले निश्चित बजेट विनियोजन गर्दै ‘ठमेल गाः हिटी परिवार उपभोक्ता समिति’ गठन गरी काम अघि बढाएको हो। महानगरको सम्पदा तथा पर्यटन विभागको नेतृत्वमा भइरहेको पुनःनिर्माणले स्थानीयबासी तथा सम्पदाप्रेमीलाई उत्साहित बनाएको छ।

काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर बनेपछि दबिएर राखिएका थुप्रै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको खोजी र संरक्षण कार्य तीव्र भएको छ। ठमेल, नक्साल लगायतका क्षेत्रमा मासिंदै गएका सम्पदाको पहिचान र पुनर्स्थापना अभियान जारी छ।

यता, ठमेलस्थित ऐतिहासिक ठबही (धारापानी पोखरी) को खोज र पुनःनिर्माणको माग समेत चुलिएको छ। स्थानीयबासीहरू ‘कमलपोखरी’ भनिने यो पोखरीमाथि बनाइएको छायाँ सेन्टर हटाएर ठबही पुनःस्थापना गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूका अनुसार शक्ति र शत्ताको आडमा ऐतिहासिक सम्पदा मासिएको भन्दै विभिन्न समयमा आन्दोलनसमेत भएको थियो।

हाल गाः हिटी पुनःनिर्माणले आश मारेका स्थानीयलाई नयाँ आश दिएको छ। उनीहरू अब ठबही पुनःस्थापनाको पनि अपेक्षा गर्दै छन्। सम्पदाप्रेमीहरूको आवाजमा भनिएको छ, “अब छायाँ सेन्टर भत्काएर ठमेलको असली सम्पदा, ठबही फर्काउने बेला भएको छ।”

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।