७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा डेंगु संक्रमणको जोखिम बढ्यो, महानगरपालिकाले सचेत रहन आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले लगातार पानी परेकाले ‘एडिज’ जातिका लामखुट्टेको संख्या बढेको र त्यसका कारण डेंगु संक्रमणको जोखिम बढेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ। महानगरका महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालका अनुसार, डेंगु संक्रमण भएमा स्थानीय वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत आवश्यक औषधि जस्तै सिटामोल र जीवनजल उपलब्ध गराउन तयारी पूरा भइसकेको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष वर्षा सामान्यभन्दा बढी हुने भविष्यवाणी गरेपछि डेंगुको जोखिम अझै बढ्ने महानगरको अनुमान छ। महानगरका स्वास्थ्यकर्मी, स्वयंसेवक र सरसफाइकर्मीहरूले हरेक टोलमा जमेको पानी सफा गर्ने काममा सक्रिय छन्।

यसका साथै, महानगरले डेंगु रोग नियन्त्रणका लागि ३२ वटै वडाका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। यस्तो सचेतनामूलक प्रयासबाट डेंगु नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।