११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर सुवाल इन्टरनेशनल कलेज संचालकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, दर्ता बिना कलेज सञ्चालनमा



काठमाडौं । भक्तपुर जिल्ला प्रहरीले दर्ता नहुँदै सञ्चालन गरिएको सुवाल इन्टरनेशनल कलेजका सञ्चालक प्रकाश सुवालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ३ करोड ३६ लाख रुपैयाँ बराबरको शुद्धीकरण मुद्दा दायर गरेको छ भने कलेजको खातामा रहेको १ करोड २० लाख रुपैयाँ जफतको माग गरिएको छ।

सुवाल कलेजले नर्सिङ, फार्मेसी र उच्च माध्यमिक तहसम्मका विषयहरु दर्ता बिना पढाउने गरेको पाइएपछि प्रहरीले २०७९ मंसिरमा प्रकाशलाई पक्राउ गरेको थियो। ठगी कसुरमा मुद्दा दायर भइसकेको प्रकाशविरुद्ध भक्तपुर अदालतले चार वर्ष कैद र जरिवाना सजाय सुनाएको छ। उनी हाल नख्खु कारागारमा कैद छन्।

यस घटनाले दर्ता बिना सञ्चालन हुने शिक्षण संस्था र अवैध सम्पत्ति आर्जनविरुद्ध कडा कानूनी कारबाही हुने सन्देश दिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।