२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर सुवाल इन्टरनेशनल कलेज संचालकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, दर्ता बिना कलेज सञ्चालनमा



काठमाडौं । भक्तपुर जिल्ला प्रहरीले दर्ता नहुँदै सञ्चालन गरिएको सुवाल इन्टरनेशनल कलेजका सञ्चालक प्रकाश सुवालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ३ करोड ३६ लाख रुपैयाँ बराबरको शुद्धीकरण मुद्दा दायर गरेको छ भने कलेजको खातामा रहेको १ करोड २० लाख रुपैयाँ जफतको माग गरिएको छ।

सुवाल कलेजले नर्सिङ, फार्मेसी र उच्च माध्यमिक तहसम्मका विषयहरु दर्ता बिना पढाउने गरेको पाइएपछि प्रहरीले २०७९ मंसिरमा प्रकाशलाई पक्राउ गरेको थियो। ठगी कसुरमा मुद्दा दायर भइसकेको प्रकाशविरुद्ध भक्तपुर अदालतले चार वर्ष कैद र जरिवाना सजाय सुनाएको छ। उनी हाल नख्खु कारागारमा कैद छन्।

यस घटनाले दर्ता बिना सञ्चालन हुने शिक्षण संस्था र अवैध सम्पत्ति आर्जनविरुद्ध कडा कानूनी कारबाही हुने सन्देश दिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।