२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आउँदै गरेको जीपमा ढुंगा खसेर लाग्दा तीन जना घाइते



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक चलिरहेको कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको युपी ८० जिपी २९२८ नम्बरको भारतीय कारमाथि आइतबार दिउँसो अचानक ढुंगा खसेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार भारतको आग्राबाट आएका ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका हुन्।

घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि लगिएको छ। तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

निरन्तर पहिरोको जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्ने घटना पटक–पटक हुँदै आएका छन्। यात्रु सुरक्षाका लागि सडकमा थप सावधानी अपनाउनुपर्ने स्थानीयको माग रहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।