२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धरहराको अवलोकन समय थपिएपछि दर्शक संख्यामा दोब्बरभन्दा बढी वृद्धि



काठमाडौं । काठमाडौंको ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला हुने भएपछि अवलोकन गर्न आउने दर्शकको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ। धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ, सुन्धाराका प्रमुख महेश राईका अनुसार, समय थपिएसँगै धरहराको अवलोकन दर उल्लेखनीय रूपमा बढेको हो।

३ दिनमै ८ हजारभन्दा बढी अवलोकनकर्ता
पहिले धरहरा बिहान १० देखि बेलुका ४ बजेसम्म खुला थियो, तर साउन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला गरिएपछि तीन दिनमै ८ हजार ६ सय ३८ जनाले धरहरा अवलोकन गरेका छन्।

साउन १ गते: २५०० जना

साउन २ गते: २६३१ जना

साउन ३ गते: ३५०७ जना

यी तीन दिनमा धरहराबाट १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलन भएको इकाई प्रमुख राईले जानकारी दिए।

धरहरा चढेकी धादिङकी कल्पना तामाङले बेलुकाको काठमाडौं झिलिमिली देख्दा निकै रमाइलो लागेको अनुभव सुनाइन्। “बेलुकाको दृश्य विहान र दिउँसोभन्दा झनै मनमोहक रहेछ,” उनले भनिन्।

२०७८ मंसिरदेखि २०८२ असार मसान्तसम्म धरहराबाट ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ राजस्व संकलन भएको छ।

धरहरा अवलोकनका लागि टिकट विहान ८ देखि बेलुका ७ बजेसम्म उपलब्ध हुन्छ भने अवलोकन साढे ८ बजेदेखि ८/९ बजेसम्म गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।