३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तारकेश्वरमा मृत भेटिएकी महिलाको सनाखत



काठमाडौं । काठमाडौंको तारकेश्वरमा आज बिहान मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार मृतक महिला २६ वर्षीया तिलमाया तामाङ हुन्।

धादिङको ज्वालामुखी गाउँपालिका–३ स्थायी घर भई हाल तारकेश्वर नगरपालिका–४ शेषमतीमा बस्दै आएकी तामाङ आज बिहान तारकेश्वर–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानको फलामे बारमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

उनकी दिदी केशरीमाया पुलामीले तिलमाया गएरातिदेखि सम्पर्कविहीन रहेको जानकारी दिएकी थिइन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक रुपमा आत्महत्या हुनसक्ने आशंका गरिएको छ तर सबै पक्षबारे अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।