३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा फेला पर्यो नयाँ प्रजातिको चरा ‘साइबेरियाली राजपुत्रिका’



भक्तपुर । भक्तपुर मध्यपुर थिमीस्थित मनोहाराफाँटमा नयाँ प्रजातिको चरा फेला परेको छ। समुद्र सतहदेखि १,३९९ मिटर उचाइमा रहेको यस स्थानमा भेटिएको चराको नाम ‘साइबेरियाली राजपुत्रिका’रहेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिएका छन्।

नयाँ प्रजातिको चराको फेला परेसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ९०२ पुगेको छ।

चराविद कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले २०८२ साल असार ६ गते दिउँसो साढे २ बजे चराको अवलोकन गरेका थिए र त्यसलाई क्यामरामा कैद गरेका थिए। अवलोकनपछिको पुष्टि प्रक्रिया अन्तर्गत असार ९ गते उक्त चरा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो।

कमिटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविदहरूबाट प्राप्त सुझाव र रायका आधारमा चराको पहिचान पक्का गरेको हो।

वैज्ञानिक नाम Charadrius mongolus (Pallas, 1776) रहेको यो चरा सामान्यतया रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइन्छ। साथै, यसको बसाइँ सराइँका क्रममा चीन, जापान, कोरिया, मलेसिया, अष्ट्रेलिया, न्यूजील्याण्ड लगायतका देशहरूमा समेत पाइने गरिएको छ।

डा. सुवेदीले साउन ६ गते जारी गरेको विज्ञप्तिमा “यस चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ,” उल्लेख गरिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।