५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको लोकन्थलीमा बेवारिसे महिला फेला, आईसीयूमा उपचार हुँदै



भक्तपुर

भक्तपुरको लोकन्थलीमा एक बेवारिसे महिला अचेत अवस्थामा फेला परेकी छन्।

आज बिहान करिब ७:४० बजे मध्यपुर थिमी नगरपालिका–१ स्थित आँखा अस्पताल नजिकको सडक छेउमा ती महिला अशक्त अवस्थामा भेटिएकी हुन्। स्थानीयले जानकारी दिएपछि प्रहरी टोलीले महिला उद्धार गरी उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा भर्ना गरेको छ। हाल उनी अस्पतालको आईसीयू मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

महिलाको नाम, ठेगाना खुल्न सकेको छैन। उनी अन्दाजी ३५–४० वर्षकी देखिन्छिन्। प्रहरीका अनुसार उनको हुलिया निम्नानुसार छ:

 

यदि कोही व्यक्तिले ती महिलालाई चिनेको वा आफन्त भएको थाहा पाएको खण्डमा नजिकैको प्रहरी कार्यालय वा भक्तपुर इन्टरनेशनल अस्पतालमा जानकारी गराईदिन अनुरोध गरिएको छ।

 

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।