५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलबाट २ किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं । ठमेलस्थित एक होटलबाट २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। उनीहरूको स्थायी ठेगाना चीनको सियाचिन रहेको बताइएको छ।

प्रहरीले उनीहरूलाई सोमबार साँझ ज्याठास्थित “चिनियाँ नामको होटल” बाट पक्राउ गरेको हो।

हाल उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।