२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर कमलविनायकमा सडक भासियो



भक्तपुर । भक्तपुर कमलविनायक क्षेत्रमा मंगलबार सडक भासिएपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। तुमचोबाट कमलविनायकतर्फ जाने सडक खण्ड अचानक भासिएपछि स्थानीयमा त्रास फैलिएको छ।

सडक भासिएको जानकारी पाएपछि भक्तपुर नगरपालिका, नगर प्रहरी र सम्बन्धित प्राविधिक टोलीले घटनास्थल पुगेर निरीक्षण गरेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने क्रममा जथाभावी रूपमा खनाइ गर्दा सडक भासिएको जनाइएको छ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वका अनुसार, प्राधिकरणले भूमिगत विद्युत् तार बिछ्याउन सडकको विभिन्न स्थानमा खाल्डो खनेर काम गरेको थियो। तर तार बिछ्याएपछि उचित भराइ नगरी छोडिएको खाल्डोमा वर्षाको पानी चुहिएर जमिन मुनि खोचिएको र सोही कारण सडक भासिएको हो।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।