काठमाडौं
काठमाडौंको दक्षिणकाली र थलीमा एक एक जना जना गरेर दुई जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ७ निमिटोल डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका ४ घर भएका ३१ वर्षीय शेरबहादुर तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थलीस्थित खाली चौरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला
परेका छन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
८ श्रावण २०८२, बुधबार
74
Shares








प्रतिक्रिया