२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा स्कुटर दुर्घटनामा परेर युवतीको निधन



गए राति काठमाडौंमा स्कुटर दुर्घटनामा परेर युवतीको निधन भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ प्रज्ञा भवन नजिकै सडकमा बागमती प्रदेश ०२ –०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक काठमाडौं बनस्थली बस्ने उदयपुर त्रियुगा नगरपालिका १३ घर भएकी २५ वर्षीया समिक्षा रिजालको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।