७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका युवकलाई भारत लगेर बन्धक बनाउने दुई जना पक्राउ



काठमाडौं । काठमाडौंबाट एक युवकलाई भारतको पटना लगेर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजकुमार अच्छामी (२४) र रेशमबहादुर खत्री (४५) रहेका छन्।

उनीहरूले पीडितलाई ३५ हजार तलब आउने भन्दै वैशाख १९ मा पटना लगेका थिए। त्यहाँको ‘वेल स्टार डाइनामिक कम्पनी’मा तालिमको नाममा १० हजार भारतीय रुपैयाँ असुली, पछि २ लाख माग्दै बन्धक बनाएको खुलेको छ।

पीडित भागेर नेपाल फर्किएपछि प्रहरीले बल्खु र वीरगन्जबाट उनीहरूलाई साउन ५ मा पक्राउ गरेको हो। प्रहरीले पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।